प्राइम बैंकले घोषणा गर्यो लाभांश



काठमाडौं । प्राइम कमर्सियल बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

सोमबार दिउँसो बसेको बैंकको सञ्चालक समितिको बैठकले १६ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

सेयरधनीले राष्ट्र बैंकको स्वीकृति र साधारणसभाले पारित गरेपछि पाउनेछन् ।

प्राइम बैंकले हालसम्म सबैभन्दा बढी २७ प्रतिशतसम्म बोनस दिएको इतिहास छ । बैंकले अघिल्लो आवमा १५ प्रतिशत बोनस सेयर दिएको थियो भने त्यसअगाडिका २ वर्षमा १६/१६ प्रतिशत लाभांश दिएको थियो ।


क्लिकमान्डु