आज भाइटीका, बिहान ११ बजेर २ मिनेटमा उत्तम साइत



काठमाडौं । आज तिहारको अन्तिम दिन भाइटीका हो । कार्तिक शुक्ल द्वितीयका दिन दिदीबहिनीले दाजुभाइलाई विधिपूर्वक सञ्तरंगी टिका लगाउने गरिन्छ ।

दिदीबहिनीले दाजुभाइलाई टिका लगाएर मखमली फूलको माला, टोपी लगाइदिने, मिठो मिठो खानेकुरा खान दिने, तेल लगाइदिने र दिदीबहिनीलाई दाजुभाइले क्षमता अनुसार दक्षिणा तथा उपहार दिने प्रचला रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार टीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा रहेको छ । आज काठमाडौंको रानीपोखरीमा रहेको बालँगोपालेश्वर मन्दिर खुला हुन्छ । दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले यहाँ टिका लगाइदिने गरिन्छ ।


क्लिकमान्डु