रंगोली कसरी बनाउनेदेखि लक्ष्मी पूजाको विशेषतासम्म



काठमाडौं । तिहार पर्वको लक्ष्मी पूजा र रंगोली महत्वपूर्ण विशेषता हो । यस्तै रंगोली शुभकार्यको प्रतीक मानिन्छ । यसले घर र अफिसको सजावटमा पनि भूमिका खेल्छ ।

रंगोली भारतको प्राचीन सांस्कृतिक परम्परा तथा लोक–कला हो । भिन्नभिन्न प्रदेशहरूमा रंगोलीको नाम र त्यसको शैलीमा भिन्नता हुनसक्छ तर यसको पछाडि निहित भावना र संस्कृतिमा पर्याप्त समानता छ ।

यसको यही विशेषता यसलाई विविधता दिन्छ र यसको विभिन्न आयामहरूलाई पनि प्रदर्शित गर्दछ । यसमा साधारण ज्यामितिक आकार वा देवी देवताहरूको आकृतिहरू हुनसक्छ । यसको प्रयोजन सजावट र सुमङ्गल छ ।

यसलाई प्रायः घरको महिलाहरू बनाउछन् । विभिन्न अवसरहरूमा बनाइने यी पारम्परिक कलाकृतिहरूको विषय अवसरको अनुकूल अलग–अलग हुन्छ ।

यसको लागि प्रयोगमा ल्याइने पारम्परिक रङ्गहरूमा पिसेको सुख्खा वा गीलो चामल, सिन्दुर, रोली, हल्दी, सुख्खा आटा र अन्य प्राकृतिक रङ्गहरूको प्रयोग गरिन्छ तर अब रंगोलीमा रासायनिक रङ्गहरूको प्रयोग पनि हुन थालेको छ ।

रंगोलीलाई द्वारको देहरी, आँगनको केन्द्र उत्सवको लागि निश्चित स्थानको बीचमा वा चारैतर्फ बनाइन्छ । कहिलेकाहीँ यसलाई फूलहरू, लठ्ठी वा कुनै अन्य वस्तुको पदार्थ वा चामल आदि अन्नबाट पनि बनाइन्छ ।

दीपावली दीपको पर्व हो, । उज्यालोको पर्व हो । हामीले बाहिर घर, गल्ली, कोठा, मन्दिर, बाटो सबैतिर दीप त बाल्छौ नै हामीभित्र पनि ज्ञान र विवेकको दीप बाल्ने परिवर्तन ल्याउने एउना सुनौलो अवसर हो तिहार ।

जब हामी तिहारमा बालिने दिप झैं आफु भित्र ज्ञानको दिप बाल्छौ तब अज्ञानताको अध्यारो हट्दछ भन्ने विश्वास रहेको छ ।

घर अफिसमा उपलब्ध स्थानका आधारमा रंगोलीको डिजाइन गर्न सकिन्छ । रंगोलीका लागि विभिन्न किसिमको रंग, फूल, दियो आदि प्रयोग गरिन्छ ।

रातो, पहेंलो, हरियो आदि छुट्टाछुट्टै रंगको चामलसँग मिश्रण गरी आफूले चाहेको डिजाइन तयार गर्न सकिन्छ । आटाको पीठोमा पनि रंग मिश्रण गर्न सकिन्छ ।

सुरुमा चक वा पीठोले स्वस्तिक चिन्ह, गणेश, शंख आदिको आकृति वनाएर त्यसमाथि उपयुक्त रंग भर्दै जानुपर्छ । मध्य भाग र चारैतर्फको किनारमा दियो राखेर रंगोलीलाई थप आकर्षक बनाउन सकिन्छ ।

लक्ष्मी पूजाको विशेषता
लक्ष्मी पूजा नेपालका प्रमुख पर्वहरूमध्ये एक हो । तिथि अनुसार कार्तिक कृष्ण अमावस्याका दिन यो पर्व मनाइन्छ । नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ । नेपालमा यसलाई यमपञ्चकको एक भागको रूपमा मनाइन्छ ।

वर्षका चार महत्त्वपूर्ण रातहरू मध्ये लक्ष्मी पूजाको रातलाई सुखरात्रि भनिन्छ । यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ । लक्ष्मी धनकी देवीलाई भनिन्छ ।

झिलिमिली, उज्यालो, पशुपक्षीको पूजा, भाईबहिनीको प्रेम, सेलरोटी र मिठाइ, फूलमाला, देउसीभैलो, तथा नेपाल संवत्को प्रारम्भ, महाकवि जयन्ती जस्ता विशेषता बोकेको यमपञ्चक अन्तर्गत लक्ष्मी पूजाको दिन घर वरीपरी सरसफाई गरी सिङ्गारेर बत्तीले झिलिमिली पारी घर आँगनमा गाईको हरियो गोवर तथा रातोमाटोले लिपेर लक्ष्मी पूजा गरेमा लक्ष्मीजीले घरमा सधैँ बास गर्छिन् र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास रहिआएको छ ।

यसै विश्वासका कारण लक्ष्मी पूजाको दिन घर–घरमा दीप मालिकासहित दीपावली गरिन्छ । यस मानवीय जीवनमा सबै प्रकारको सुख मिलोस्, घरमा लक्ष्मी प्रवेश गरुन् भन्ने चाहनाले भक्ति पूर्वक आँगन वा चोकदेखि ढुकुटीसम्म लक्ष्मीको पाइला अङ्कित गरिन्छ र यसै पाइलाबाट लक्ष्मी घरभित्र प्रवेश गर्छिन् र स्थिर रहन्छिन् भन्ने धार्मिक विश्वास रहेको छ ।

सबै गृहस्थहरुले कमल र सेतो फूल पूजामा प्रयोग गर्न सक्दछन् । यसै प्रकार किसानहरुले पाँच प्रकारका खाद्य पदार्थका नैवेद्य चढाउनु पर्दछ र व्यापारीहरुले कमलगट्टको माला, विद्यार्थीहरुले धर्मग्रन्थ, अनार र तिलको सामाग्रीसहित पुजा गर्न सक्नेछन् ।

लक्ष्मी पूजा गर्ने रित
लक्ष्मीको पूजा गर्ने समयमा कर्ताले सेतो वा गुलाबी बस्त्र लगाएर गर्नु पर्दछ । लक्ष्मीको पुजा मध्य रातमा गर्नु उत्तम हुन्छ । लक्ष्मीको गुलाबी कमको फूलमा बसेको प्रतिकृतीलाई पुजा गर्नुपर्दछ, यस्तो प्रतिकृतीमा उनको हातबाट धनको वर्षा भईरहेको हुनु अति उत्तम हुन्छ ।

लक्ष्मीलाई गुलाबी फूल, विशेषगरेर कमलको फूल चढाउनु पर्छ । उनलाई विशेषरुपमा कमलको फूल निकै मन पर्दछ । यसका साथै लक्ष्मीको मन्त्रहरुको जप स्फटिकको मालाद्धारा गर्दा निकै प्रभावकारी हुन्छ ।

त्यसैले उपयुक्त समय र मुहूर्तमा माता लक्ष्मीको पूजा गरेर लक्ष्मी मन्त्रोच्चारण गर्दै उनलाई खुशी तुल्याउन सके घरमा धनको वर्षा हुने विश्वास रहेको छ ।


क्लिकमान्डु