सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ५ रुपैयाँ कायम भएकोमा बिहीबार ५ सय रुपैयाँले घटेर ९१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ कायम भएकोमा बिहीबार ९० हजार ५ रुपैयाँ कायम भएको छ । साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय २५ रुपैयाँ कायम भएकोमा बिहीबार पनि सोही मूल्य कायम भएको छ ।


क्लिकमान्डु