स्मार्ट क्यू आरबाट स्क्यान गर्दा २० प्रतिशतदेखि ३०० सम्मको क्यासव्याक
काठमाडौं । एसटीसीद्वारा संचालित स्मार्ट क्यू आर बाट स्क्यान गर्दा २० प्रतिशतदेखि ३०० रुपैयाँसम्म क्यासव्याकको ब्यवस्था मिलाइएको छ ।
बत्तीसपुतली तीन धारास्थित पवन स्विट्स् कमलादीस्थित सजनगोठ, दरवारमार्गस्थित गंगौर स्विट्स् र इन्द्रचोकस्थित स्वस्तिक स्विट्स् जस्ता मिष्ठान्न पसलको मिठाई खरिद भुक्तानीमा क्यासव्याक पाउन सकिनेछ ।
यो अफर दीपावलीको अवसरमा २ देखि ११ नोवेम्बर २०२१ सम्म लागु हुनेछ । सहभागी स्टोरहरूमा कुनै पनि स्मार्ट क्यूआर नेटवर्कको सदस्य वालेट आइएमई पे, प्रभु पे, क्यू पे र मोबाइल बैंकिङ एप (ग्लोबल स्मार्ट) प्रयोग गरी स्मार्ट क्यूआर मार्फत भुक्तानी गर्ने ग्राहकहरूले योजना अवधिभर क्यासब्याकको लागि योग्य हुनेछन् ।
नेपालमा स्मार्ट क्यु आर स्क्यान गरी भुक्तानी गर्ने व्यवहार बढ्दै गरेको परिप्रेक्षमा नेपाल सरकारको डिजिटल नेपाल अभियानलाई थप बल मिल्ने विश्वास गरिएको छ ।