इन्धनको मूल्यवृद्धि हुँदा हवाई भाडा ४ सय ४० रुपैयाँसम्म हुने




काठमाडौं । इन्धनको मूल्यवृद्धि हुँदा हवाई भाडाको मूल्य पनि वृद्धि हुने भएको छ । वायु सेवा सञ्चालक संघ, नेपालले इन्धनको मूल्य वृद्धि भएको जनाएको छ ।

हवाइ इन्धनको मूल्य वृद्धिले हवाई भाडालाई सिधै असर गर्छ । संघले बुधबार ‘फ्युल सजचार्ज’ ४५ देखि ४ सय ४० रुपैयासम्म वृद्धि भएको जनाएको छ ।

यसअनुसार सबैभन्दा धेरै काठमाडौं–धनगढीको हवाई भाडा ४ सय ४० रुपैयाँसम्म वृद्धि भएको छ । यसअघि काठमाडौंदेखि धनगढीसम्मको लागि ३ हजार ८ सय हवाई इन्धनमा खर्च हुनेमा अहिले यो बढेर ४ हजार २ सय ४० रुपैयाँ पुगेको छ ।

त्यस्तै सबैभन्दा कम डोटी–साँफेबगरको ४५ रुपैयाँ वृद्धि भएको छ । डोटी–साँफेबगरका भाडा ४५ रुपैयाँ वृद्धि भएको छ । यसअघि ५ सय २० रुपैयाँ इन्धन खर्च लाग्नेमा ६० रुपैया बढेर ५ सय ८० रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु