करिब साढे २ अर्ब भन्सार छली गर्ने १७ फर्मविरुद्ध उच्च अदालतमा मुद्दा दायर



काठमाडौं । राजस्व अनुसन्धान विभागले २ अर्ब ३६ करोड ४५ लाख रुपैयाँ भन्सार छली गर्ने १७ फर्मविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागका अनुसार संग्रिला टे«ड एण्ड सप्लायर्सका पलट राउत अहिर विरुद्द १ अर्ब ७ करोड ६३ लाख ६६ हजार ५२० रुपैयाँ सजायको माग दाबी गरेको छ ।

यस्तै महालक्ष्मी टे«ड कन्सर्नका संजयप्रसाद कलवार समेतलाई ७२ करोड १८ लाख ५७ हजार २ रुपैयाँ, चन्दन सप्लायर्सका चन्दन पटेल समेतलाई ७० करोड ४४ लाख ७२ हजार ९६८ रुपैयाँ, हनुमान सप्लायर्सका जगदिश महतो नुनिया समेतलाई ६५ करोड ९३ लाख ५८ हजार ४२८ रुपैयाँ, डिलाइट इन्टरप्राइजेजका जगदिश महतो नुनिया समेतलाई २९ करोड ७३ लाख ३ हजार ८२ रुपैयाँ मागदाबी सहित मुद्दा दायर गरेको छ ।

विभागका अनुसार जि एम इम्पोर्ट एण्ड एक्सपोर्टका नसिबकुमार झा समेतलाई २८ करोड २६ लाख ९८ हजार ९५२ रुपैयाँ, अंसार मंजिल टे«डर्सका नसिबकुमार झा समेतलाई २५ करोड ७४ लाख ८२ हजार ४९६ रुपैयाँ, पि आर निर्माण सेवाका पञ्चराम महर्जन समेतलाई १८ करोड १० लाख ५० हजार ८३८ रुपैयाँ, न्यू दिप इन्टरनेशनलका लखन ऋषिदेव मुसहर समेतलाई १५ करोड ६७ लाख ८३ हजार १८६ रुपैयाँ, डि एन इन्टरनेशनलका रामधारी रिषिदेवलाई ११ करोड ७ लाख ८६ हजार ३५२ रुपैयाँ सहित मुद्दा दायर गरेको जानकारी छ ।

हिमालयन नेपाल सप्लासर्यका नसिबकुमार झा समेतलाई ७ करोड ८८ लाख ६६ हजार ६८० रुपैयाँ, श्री आर पी टे«डन्र्सका फुलदेव झा समेतलाई ४१ लाख १९ हजार ५५६ रुपैयाँ, इन्फ्राटेक प्रालिका उधब भट्टराई समेतलाई ५ करोड ७९ लाख ४५ हजार ७१४ रुपैयाँ, शाकीर अलीसमेतलाई २ करोड ९४ लाख १७ हजार २१६ रुपैयाँ, नितिश इम्पेक्सका गिरधारी लाल तिब्रालाई २ करोड ३५ लाख ४७ हजार १५६ रुपैयाँ र मोर्गन टे«ड लिंकका विकास खत्रीलाई १८ करोढ १० लाख ७२ हजार ८३८ रुपैयाँ र शिव प्रसाद लामिछाने समेतलाई ८९ लाख ३६ हजार ८१० रुपैयाँ, यता राइज अटो टे«डका अबुलेश अन्सारीलाई ४१ लाख १९ हजार ५५६ रुपैयाँ बिगोदाबी सहित अदालतमा मुद्दा दायर गरेको जानकारी गराएको छ ।


क्लिकमान्डु