घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाअधिवेशन पुसमा



काठमाडौं । आगामी पुस तेस्रो साता नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाअधिवेशन हुने भएको छ ।

आगामी पुस २२, २३ र २४ गते २५ औं महाधिवेशन तथा २२ औं महिला उद्यमी सम्मेलन सम्पन्न गर्ने महासंघले जनाएको हो । महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने छ ।

त्यसभन्दा अगाडि आगामी मङ्सिर १५ गतेसम्म प्रदेश सम्मेलन सम्पन्न गरिसक्ने महासंघले जनाएको छ । महासंघको लुम्बिनी प्रदेशको अधिवेशन कार्तिक २९ गते, बागमती प्रदेशको अधिवेशन मङ्सिर १ गते र गण्डकी प्रदेशको मङ्सिर ७ गते आयोजना गर्ने तयारी गरिएको छ । महासंघले जिल्ला, नगर तथा पालिकास्तरमा अधिवेशन सम्पन्न गरिसकेको छ ।

महासंघद्घारा घोषित कार्यक्रम अन्तरगत मङ्सिर २४ गते ढाका उद्यमी व्यवसायीहरुको राष्ट्रिय भेला र ३ दिने ढाका प्रदर्शनी तथा २०७९ बैशाख १५ देखि १९ गतेसम्म १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव आयोजना गर्ने तय गरेको छ ।


क्लिकमान्डु