सिटिजन्स बैंकले ३ महिनामा ६८ करोड नाफा कमायो



काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ६८ करोड नाफा गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार अघिल्लो वर्षभन्दा ३३ प्रतिशतले नाफा बढाएको हो । अघिल्लो वर्ष पहिलो त्रैमासमा बैंकले ५१ करोड नाफा गरेको थियो ।

बैंकले ब्याज आम्दानीबाट १ अर्र्ब २० करोड आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकको ब्याज आम्दानी ८३ करोड करोड रहेको थियो ।
बैंकले कमिसनबाट भने २९ करोड आर्जन गरेको छ ।

बैंकको प्रति सेयर आम्दानी २१.८६ रुपैयाँ रहेको छ । पूँजीकोष अनुपात १३.०२ प्रतिशत रहेको सिटिजन्स बैंकको चुक्ता पूँजी १२ अर्ब ५७ करोड छ । असोज मसान्तसम्ममा बैंकले १ खर्ब ४४ अर्ब निक्षेप संकलन गरेर १ खर्ब २८ अर्ब कर्जा दिएको छ ।

बैंकको खराब कर्जा अनुपात १.९१ प्रतिशत रहेको छ । कर्जा निक्षेप अनुपात ८७.३९ प्रतिशत छ । बेसरेट ८.११ प्रतिशत रहेको सिटिजन्स बैंकको स्प्रेडदर ३.५३ प्रतिशत छ ।


क्लिकमान्डु