माछापुच्छ्रे बैंकको नाफा ५५ प्रतिशतले बढ्यो



काठमाडौं । माछापुच्छ्रे बैंकको नाफा ५५ प्रतिशतले बढेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार असोज मसान्तसम्म ५६ करोड नाफा गरेको छ ।

अघिल्लो वर्ष बैंकको नाफा ३६ करोड रहेको थियो । बैंकले ब्याज आम्दानीबाट १ अर्ब २६ करोड कमाएको छ । जुन अघिल्लो वर्ष ९५ करोड रहेको थियो । कमिसनबाट भने बैंकले २८ करोड कमाएको छ । ९ अर्ब ५ करोड चुक्ता पूँजी रहेको बैंकले असोज मसान्तसम्ममा १ खर्ब ३० अर्ब निक्षेप संकलन गरेर १ खर्ब २७ अर्ब कर्जा दिएको छ ।

१२.६५ प्रतिशत पूँजीकोष अनुपात रहेको बैंकले ३ महिनाको नाफाबाट सेयरधनीलाई वितरण गर्न मिल्ने १ अर्ब ४५ करोड गरेको छ । अघिल्लो वर्ष सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा जोडेको हुँदा बैंकको नाफाबाट वितरण गर्न मिल्ने नाफा बढी देखिएको हो । अघिल्लो वर्षको नाफाबाट बैंकले १४ प्रतिशत लाभांश दिने घोषणा गरिसकेको छ ।

असोज मसान्तसम्ममा बैंकको कर्जा निक्षेप अनुपात ८८.१० प्रतिशत थियो । ७.६३ प्रतिशत बेसरेट रहेको बैंकको ३.३८ प्रतिशत स्प्रेडदर रहेको छ । खराब कर्जा अनुपात ०.५० प्रतिशत छ ।


क्लिकमान्डु