आबुधाबी डायलग : आप्रवासी कामदारको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा नेपालको जोड



काठमाडौं । आबुधाबी डायलगको छैठौं मन्त्रीस्तरीय बैठकमा नेपालले आप्रवासी श्रमिकको कार्यस्थलको सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण प्रसाद श्रेष्ठको नेतृत्वमा अक्टोबर २५ देखि २९ तारिकसम्म दुबईमा आयोजीत डायलगको बैठकमा उक्त कुरामा जोड दिइएको हो ।

मन्त्री श्रेष्ठले बैठकमा ५ वटा मुख्य विषय उठाएका छन् । जसमा वैदेशिक रोजगारीमा गई स्वदेश फर्केका कामदारहरूलाई स्वदेशमै पुर्नएकीकरण गर्न सहयोग गर्नुपर्ने, स्वच्छ रुपमा कामदार भर्ना प्रक्रिया सुनिश्चित गर्न कामदार पठाउने मुलुक र प्राप्त गर्ने मुलुकबीच सहकार्य गर्ने उल्लेख गरेको छ ।

त्यसैगरी, मन्त्रीले आप्रवासी कामदारको कार्यस्थलको सुरक्षा सुनिश्चित गर्ने, आप्रवासी श्रमिकले सिकेका सीपको पहिचान गरी उनीहरूलाई उपयुक्त काममा मात्र लगाउने र कामदारको न्यूनतम तलबमान बढाउने विषयमा ध्यान दिने मन्त्री श्रेष्टकोे भनाई छ ।

बैठकमा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले नेपालको तर्फबाट कोभिड–१९ को कारण आप्रवासी श्रमिकहरूले भोगेको समस्याहरूको समाधानको लागि पहल गर्न अखाप्रवासी कामदार श्रमिक आपूर्ति गर्ने देशका प्रतिनिधिलाई विशेष अनुरोध गरे ।

मन्त्री श्रेष्ठले संयुक्त अरब इमिरेट्सका मानव संशाधन तथा इमिरिटाइजेशन मन्त्रीसँग भेट गरी द्विपक्षीय श्रम सम्बन्धमा विविध विषयहरूमा छलफल भएको बताइएको छ ।

साथै, सचिवबाट मित्रराष्ट्र कतार, साउदी अरेबिया र मलेसिया सरकारका समकक्षीहरूसँग द्विपक्षीय श्रम सम्झौताका विषयहरूमा मैत्रीपूर्ण छलफल गरेको जनाएको छ ।


क्लिकमान्डु