सुधारको लय समाउँदै सेयर बजार, सूचकसँगै कारोबार रकम बढ्यो




काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारले सुुधारको संकेत देखाएको छ । केही समय यता सूचकसँगै कारोबार रकममा देखिएको गिरावट आइतबार भने केही सुधारतर्फ लम्किएको छ ।

आइतबार बजार मापन गर्ने सूचक ५५.५० अंकले बढेर परिसूचक २८३७.६२ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबारमा मापन गर्ने सेन्सेटिभ इन्डेक्स ९.४६ अंकले बढेर ५३०.४६ बिन्दुमा रोकिएको छ । यो दिन २३२ कम्पनीको १ करोड ३८ लाख ९९ हजार ३२२ कित्ता सेयर ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४९३ रुपैयाँमा किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ । बैंकिङ समूहको उपसूचक मात्रै २.९६ अंकले घटेको छ । विकास बैंक ३३८.०२, जलविद्युत १६६.३४, फाइनान्स ९२.५, निर्जीबन बीमा ६०३.०३, उत्पादन तथा प्रशोधन ३१९.६४, माइक्रोफाइनान्स १४२.९, जीवन बीमा समूहको उपसूचक २३०.८ अंकले बढेको छ ।

आइतबार कारोबार रकमको आधारमा आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ३१ करोड ५७ लाख १५ हजार २७२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रोमा रहेको नबिल बैंकको २८ करोड ३ लाख १७ हजार ८५३ रुपैयाँ र एभरेष्ट बैंकको २७ करोड ७९ लाख २६ हजार रुपैयाँको कारोबार भएको छ ।


क्लिकमान्डु