१५ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कसको कति ?



काठमाडौं । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये १५ वटाले आइतबार विहानसम्म लाभांश घोषणा गरेका छन् । आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १५ वटा बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेका हुन् ।

जसमध्ये हालसम्म घोषणा गरेका बैंकमध्ये सबैभन्दा धेरै हिमालयन बैंक र सबैभन्दा कम कुमारी बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेका हुन् । बोनस सेयरमा पनि हिमालय बैंक सबैभन्दा अगाडि छ भने नगद लाभांशतर्फ नेपाल इन्भेष्टमेन्ट बैंकले सबैभन्दा धेरै घोषणा गरेका छन् ।

हालसम्म लाभांश घोषणा गर्ने वाणिज्य बैंकमा हिमालयन बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, एनएमबि बैंक, एनआइसी एसिया बैंक छन् । साथै, नेपाल बंगलादेश बैंक, सिद्धार्थ बैंक, माछापुछ्रे बैंक, बैंक अफ काठमाण्डू, ग्लोबल आइएमई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक र कुमारी बैंक छन् ।

लाभांश घोषणा नगर्ने बैंकमध्ये नबिल बैंकले सबैभन्दा धेरै अर्थात् ३५ देखि ४० प्रतिशतसम्म लाभांश वितरण गर्ने अपेक्षा गरिएको छ । अन्य बैंकहरुले तिहार अघि नै लाभांश वितरणको तयारी गरेका छन् ।


क्लिकमान्डु