राष्ट्रिय वाणिज्य बैंकमा ८३५ जनाका लागि जागिर खुल्यो, कसरी दिने आवेदन ?



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ८३५ जनालाई जागिर दिने भएको छ । वाणिज्य बैंकले ४ तहदेखि ९ तहसम्मको लागि जागिर खुलाएको छ । वाणिज्य बैंकको परीक्षा भने लोकसेवा लिने छ ।

बैंकले २ जना वरिष्ठ प्रबन्धक, ८ जना प्रबन्धक र १८ जना उपप्रबन्धक सहित पदमा जागिर खुलाएको हो ।

वाणिज्य बैंकमा जागिर खानको लागि आवेदन भने वाणिज्य बैंकको वेवसाइटमा गएर अनलाइन मार्फत फर्म भनुपर्छ ।

आवेदन मंसिर ५ सम्म दिनुपर्ने छ । दोब्बर दस्तुर तिरेर मंसिर १२ सम्म आवेदन दिन सकिने छ । परीक्षा हुने मिति भने बैंकले पछि तोक्ने छ ।


क्लिकमान्डु