नेपाल सेवा लघुवित्तले विन लघुवित्त गाभेपछि विन नेपाल लघुवित्तको नामबाट एकीकृत कारोबार गर्ने



काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले विन लघुवित्त वित्तीय संस्थालाई गाभ्ने भएको छ । गाभ्ने प्रक्रिया समाप्त भएपछि नयाँ नाम विन नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार हुनेछ ।

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार बैंकको सञ्चालक समितिको निर्णय अनुसार साविकको नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले विन लघुवित्त वित्तीय संस्था लिमिेटलाई सो संस्थाको सम्पूर्ण सम्पत्ति तथा दायित्व आफूमा सर्ने गरी गाभेपछि कात्तिक १५ गते सोमबारदेखि विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्नेछ ।


क्लिकमान्डु