प्रि-ओपनिङमा ११ कम्पनीको कारोबार



काठमाडौं । आइतबारको प्रि–ओपनिङमा नेप्से परिसूचक ०.०१ अंकले घटेको छ । प्रि–ओपनिङमा ११ वटा कम्पनीको कारोबार भएको छ ।

जसमा ७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै, २ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रि–ओपनिङमा युनाइटेड मोदी हाइड्रोपावर, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नेपाल फाइनान्स, माइलुङ खोला जलविद्युत् कम्पनी, अपि पावर कम्पनीलगायतका कम्पनीको सेयर मूल्य बढेको छ ।


क्लिकमान्डु