एभरेष्ट बैंकले माग्यो सीए, न्यूनतम तलब ६४ हजार



काठमाडौं । एभरेष्ट बैंकले च्याटर्ड एकाउन्टेन्ट (सीए) पढेकालाई म्यानेजमेन्ट ट्रेनी पदमा कर्मचारी माग गरेको छ । बैंकले आज एक सुचना जारी गर्दै सीए पढी स्नाकोत्तरमा कम्तीमा पनि ६० प्रतिशत ल्याई पास भएका व्यक्तिको माग गरेको हो ।

बैंकले माग गरेको पदका लागि कम्तीमा पनि ६४ हजारभन्दा कम मासिक तलब कम नहुने जनाएको छ । साथै, बैंकको नियमअनुसार बोनस, प्रोभिडेन्ड फन्डको पनि व्यवस्था हुनेछ ।

बैंकले सो पदका लागि २८ वर्षभन्दा बढी हुन नहुने उल्लेख गरेको छ । योग्यता पुगका आवेदकहरूले आगामी कात्तिक १७ गतेसम्ममा आवेदन दिन सक्नेछन् । साथै, आवेदनहरूले अनलाइनमार्फत् आवेदन भर्न सक्नेछन् ।


क्लिकमान्डु