राष्ट्र बैंकको निर्देशनको प्रभाव, प्रि-ओपनिङमा ११.१० अंकले बढ्यो नेप्से



काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदरमा कडाइ गरेसँगै बुधबारको प्रि-ओपनिङमा सकारात्मक प्रभाव देखिएको छ । प्रि-ओपनिङमा नेप्से परिसूचक ११.१० अंकले बढेको छ ।

प्रि-ओपनिङमा कारोबार भएका २४ वटा कम्पनीमध्ये २१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै, एउटा कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार साँझ वाणिज्य बैंकहरुको ब्याजदरमा कडाइ गर्ने नीतिगत व्यवस्था गरेको थियो । जसमा असोज महिनाको तुलनामा कात्तिक महिनामा निक्षेपको ब्याजदर निर्धारण गर्दा १० प्रतिशत मात्रै बढाउन वा घटाउन सक्ने व्यवस्था गरेको हो । जसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको हो ।


क्लिकमान्डु