प्रि-ओपनिङमा जम्मा ७ कम्पनीको कारोबार



काठमाडौं । मंगलबारको प्रि-ओपनिङमा नेप्से परिसूचक ०.१८ अंकले बढेको छ ।

प्रि-ओपनिङमा ७वटा कम्पनीको सेयर कारोबार भएको छ ।

जसमा ३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै २ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रि–ओपनिङमा साल्ट ट्रेडिङ, मानुषि लघुवित्त र सानिमा बैंकको सेयर मूल्य बढेको छ ।


क्लिकमान्डु