दशैंमा ३० अर्ब नयाँ नोट साटियो



काठमाडौं । यो दशैंमा ३० अर्ब रुपैयाँ नयाँ टोस साटिएको छ । ५०० र १०० दरका १७ अर्ब र १०० भन्दा तलका १३ अर्ब गरी कूल ३० अर्ब रुपैयाँ नयाँ नोट साटिएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।

‘यो दशैंमा ३० अर्ब रुपैयाँ नयाँ नोट साटिएको छ,’ प्रवक्ता ढकालले क्लिकमाण्डूसँग भने, ‘असोज ४ देखि २५ गतेसम्म नयाँ नोट सटही गरिएको थियो ।’

राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँका एक सेट गरी एक जनाले साढे १८ हजार रुपैयाँ साट्न पाउने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले आफ्ना देशभर रहेका कार्यालय र विभिन्न बैंकहरुमार्फत् नयाँ नोट सटही सुविधा उपलब्ध गारएको थियो ।

राष्ट्र बैंकले प्रत्येक दशैंमा नयाँ नोट सटहीको सुविधा उपलब्ध गराउँदै आएको छ । आम सर्वसाधारणहरु पनि घन्टौं लाइन बसेर नयाँ नोट साट्दैका छन् ।


क्लिकमान्डु