सातामै ३७ अर्ब निक्षेप बढ्दा पनि तरलतामा सुधार भएन



काठमाडौं । एकसातामा बैंकहरुमा ३७ अर्ब रुपैयाँ निक्षेप बढेको छ ।

एकसातामा ३७ अर्ब रुपैयाँ निक्षेप बढेपनि बैंकिङ प्रणालीमा तरलता स्थितीमा भने सुधार भने देखिएको छैन । २७ वटा वाणिज्य बैंकसँग गत शुक्रबार असोज २२ सम्ममा ४२ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।

कर्जा भने ३९ खर्ब ८३ अर्ब रुपैयाँ रहेको छ । अघिल्लो साता असोज १५ सम्म वाणिज्य बैंकमा ४२ खर्ब १८ रुपैयाँ निक्षेप रहेको थियो भने कर्जा ३९ खर्ब ४२ अर्ब रहेको थियो । एकसातामा वाणिज्य बैंकमा ३७ खर्ब निक्षेप थपिएको छ भने कर्जा ४१ अर्ब थपिएको छ ।

बैंकहरुमा स्वदेशी मुद्रामा गत शुक्रबारसम्म ४१ खर्ब ४ अर्ब तथा विदेशी मुद्रामा १ खर्ब ५१ अर्ब तथा कर्जा तर्फ स्वदेशी मुद्रामा ३८ खर्ब ३६ खर्ब तथा विदेशी मुद्रामा १ खर्ब ५७ अर्ब कर्जा रहेको छ ।


क्लिकमान्डु