बैंक तथा वित्तीय संस्थाबाट १० लाखभन्दा बढीको कर्जा नतिर्ने व्यक्ति कालोसूचिमा पर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको ऋण नतिरेर कालोसूचिमा पर्ने थप व्यवस्था गरेको छ । राष्ट्र बैंकले ऋण तिराउनको लागि कालोसूचिमा पर्ने व्यवस्था थप गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले १० लाखभन्दा बढी कर्जा रकम बक्यौता रहेको ग्राहकको सुरक्षण सम्पत्तिलाई गैर बैंकिङ सम्पत्तिको रुपमा सकार गर्दा सम्बन्धित पक्षलाई अनिवार्यरुपमा कालोसूचीमा समावेश गर्नु पर्नेछ ।

तर, १० लाख सम्मको कर्जाको हकमा सम्बन्धित बैंक वा वित्तीय संस्थाले नै निर्णय गरी कालोसूचीमा समावेश गर्न सक्नेछ । यसअघि ऋणीको सम्पत्ति बैंकले सकार गर्दा २५ लाखसम्को ऋणको न्यूनतम सिमा रहेको थियो ।


क्लिकमान्डु