बैंकको ऋण नतिरेको ६ महिनापछि मात्र धितो लिलामी प्रक्रिया सुरु हुने



काठमाडौं । नेपाल राष्ट्र बैंकले कुनै धितो लिलामीमा नयाँ व्यवस्था लागु गरेको छ ।

राष्ट्र बैंकले ऋणीले ६ महिनासम्म ऋणको किस्ता र ब्याज नतिरेपछि मात्र धितो लिलामी गर्न सकिने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले सोमबार एकीकृति निर्देशिकामा संसोधन गर्दै धितो लिलामीको प्रक्रियालाई ऋणीको पक्षमा सहुलियत दिएको हो । अहिले केही बैंक तथा वित्तीय संस्थाले एक महिनामा नै किस्ता नियमित नहुदा नै धितो लिलामी गर्ने गरेका थिए ।

राष्ट्र बैंकले एक वर्ष भन्दा बढी अबधिको लागि प्रवाह भएको कर्जा असुलीको लागि सार्बजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नु अघि कर्जाले भाखा नाघेको कम्तीमा ६ महिना व्यतित भई कम्तीमा संकास्पद वर्गमा वर्गीकरण भएको हुनु पर्ने व्यवस्था लागु गरेको छ ।

ब्याज पूँजीकरणका लागि बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले निर्णय गरी कर्जाको पहिलो किस्ता प्रदान गरेको ३० दिनभित्र यस बैंकमा पुँजीकरणका लागि निवेदन पेश गर्नुपर्नेछ ।


क्लिकमान्डु