नेप्से १८.५५ अंकले घट्यो, साढे ४ अर्बको कारोबार



काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १८.५५ अंकले घटेको छ । लगातार घटिरहेको नेप्से परिसूचक बीचमा केही दिन बढे पनि फेरि ओरालो लागेको छ ।

यो दिन ७२ लाख ५१ हजार ७४४ कित्ता सेयर ४ अर्ब ४९ करोड ८० लाख ४३ हजार ५८० रुपैयाँमा कारोबार भएको छ । यो दिन ६५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

उपसमूहतर्फ म्यूचुअल फण्ड, जीवन बीमा कम्पनी, फाइनान्सबाहेकमा गिरावट देखिएको छ ।


क्लिकमान्डु