एनसेलको चाडपर्व योजनाः ११० वटा स्मार्टफोन जित्ने सकिने



काठमाडौं । एनसेलका ग्राहकले दशैंतिहार र छठको अवसरमा आफ्ना परिवारजन, साथीभाई र आफन्तहरुले मलेसिया, यूनाइटेड अरब एमिरेट्स (यूएई) र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक हप्ता २१ वटा स्मार्टफोन जित्ने मौका पाउनेछन् ।

एनसेल आजियाटा (पहिले एनसेल प्राइभेट लिमिटेड) ले दशैंतिहार र छठ पर्वको अवसरमा असोज २१ ग्ते बिहीबारदेखि लागु हुने गरि यो आकर्षक योजना संचालनमा ल्याएको हो । यस योजनामा धेरै भन्दा धेरै आगमन कलमा कुरा गर्ने २१ जना ग्राहकले १÷१ वटा गरि हरेक हप्ता २१ वटा स्मार्टफोन पाउनेछन् ।

यसबाहेक, विदेशमा रहेका परिवारजन वा साथीभाईबाट आफ्नो मोबाइलमा ब्यालेन्स रिचार्ज प्राप्त गर्ने ग्राहकले पनि हरेक हप्ता १ स्मार्टफोन पाउन सक्नेछन् ।

यो योजना ५ हप्ता अर्थात् कार्तिक २४ गते सम्म संचालनमा रहनेछ । यसको मतलब योजना अवधिमा कुल ११० जना ग्राहकले स्मार्टफोन पाउनेछन् । स्मार्टफोन जित्नका लागि योग्य हुन कम्तिमा ग्राहकले माथि उल्लेखित देशहरुबाट कम्तिमा २ मिनेट आगमन कलमा कुरा गरेको हुनुपर्छ । ब्यालेन्स रिचार्ज अन्तर्गत स्मार्टफोन जित्न योग्य हुनका लागि भने ग्राहकले आफ्नो मोबाइलमा विदेशबाट ब्यालेन्स रिचार्ज प्राप्त गरेको हुनुपर्छ ।

प्रत्येक हप्ता ग्राहकले उठाएको आगमन कलको कुल संख्या, औषत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा २१ जना स्मार्टफोन विजयी ग्राहकको नाम छानिने छ । मलेसियाको डीजी, यू मोबाइल, सेलकम र माक्सिस, यूएईको एतिसलात र डू र साउदी अरबको जेन मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनका साथै स्मार्टफोन जित्ने मौका पाउनेछन् । हरेक हप्ता ग्राहकले प्राप्त गरेको ब्यालेन्स रिचार्जको कुल संख्या र रकमका आधारमा १ जना ग्राहकले स्मार्टफोन पाउने छन् ।

यसैबीच विश्वका विभिन्न देशमा रहेका नेपालीहरु माझ चाडपर्वको शुभकामना आदानप्रदान गर्न र मनोरञ्जनका लागि शुक्रबार साँझ ५ बजे एनसेल फेसबुक लाइभमा भर्चुअल कन्सर्टको आयोजना हुँदैछ । यस कार्यक्रममा गायक प्रकाश सपुत र गायिका सुनिता दुलालले आ–आफ्ना गीतहरु मार्फत गीतसंगीतको आनन्द दिनेछन् भने कमेडियन सुमन कार्कीको हस्यकलाले मनोरञ्जन प्रदान गर्नेछ ।

यस योजनाका विजयी ग्राहकलाई एनसेलको कर्पोरेट कार्यलय एनसेल आइकन, लैनचौर र काठमाडौं बाहिर अवस्थित एनसेल सेन्टरबाट ग्राहकको सुविधा अनुसार स्मार्टफोन हस्तान्तरण गरिनेछ । स्मार्टफोन जित्ने मौकाको साथ साथै एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले २० रुपैयाँसम्म बोनस पनि प्राप्त गर्नेछन् । ग्राहकहरुले १७१२६ डायलगरि सजिलै यो सेवा निःशुल्क सुचारु गर्न सक्छन् । विदेशबाट आफ्ना आफन्त, साथीभाइ र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो २ मिनेटपछि हरेक मिनेटे बोनस पाउँछन् ।

यसरी प्राप्त बोनस ३ दिनको लागि मान्य हुनेछ । ग्राहकले उक्त बोनस एनसेलको नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउनसमेत प्रयोग गर्न सक्छन् ।


क्लिकमान्डु