डिशहोमको रिचार्जमा आकर्षक छुटः २२ सय रुपैयाँसम्म बोनस र ४ जनाले स्पेन घुम्न पाउने



काठमाडौं । डिशहोमले दशैंतिहार तथा छठ पर्वका अवसरमा आकर्षक छुटको प्याकेज ल्याएको छ । ग्राहकले डिशहोमको रिचार्ज गर्दा २२ सय रुपैयाँसम्म अतिरिक्त बोनस रकम प्राप्त गर्न सक्नेछन् ।


यो योजनासँगै ग्राहकहरुले अब मासिक ८ सय ९९ मा नै १०० एमबिपिएस इन्टरनेटको मज्जा फाइफजी ड्युल व्याण्ड राउटरको साथमा लिन सक्नेछन् ।


यस्तै, डिशहोमको नयाँ कनेक्सन लिने ४ जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् भने हरेक नयाँ कनेक्सनमा ग्राहकले २ हजार रुपैयाँको लालिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्नेछन् ।


स्पेन जाने ४ भाग्यशाली विजेताहरुको छनौट लक्की ड्रमार्फत् गरिने छ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रामाइलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु