सामलिङ्ग पावरको आयोजना प्रभावितका लागि छुट्याइएको साधारण शेयर बाँडफाँड



काठमाडौं । सामलिङ्ग पावर कम्पनीले आयोजना अतिप्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं. ८ र १० तथा माइजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरु तथा आयोजना प्रभावित इलाम जिल्लाबासीका लागि निष्काशन गरेको साधारण शेयरको बाँडफाँड गरिएको छ ।


सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले बुधबार सामलिङ्ग पावरको २०७८ भदौ १८ गते देखि २०७८ असोज १ गतेसम्म निष्काशन गरेको साधारण शेयरको बाँडफाँड गरेको हो ।

आयोजना अतिप्रभावित समुहका लागि छुट्याइएको शेयरका लागि ३२ सय ५५ योग्य आवेदनहरु परेको थियो । आयोजना अतिप्रभावित समुहका आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ८० कित्तासम्म शेयर पाएका छन् ।
शेयरका लागि १७ हजार ७ सय ८९ योग्य आवेदनहरु परेको थियो । आयोजना प्रभावित समुहका आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम २० कित्तासम्म शेयर पाएका छन् ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका कुल ५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।
पहिलो चरणको साधारण शेयर बाँडफाँड गरेसँगै कम्पनीले सार्वसाधारणहरुका लागि पनि साधारण शेयर निष्काशन गर्ने अन्तिम तयारी थालेको समेत बताएको छ ।
कम्पनीले इलाम जिल्लास्थित माइबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माणकार्य सम्पन्न गरी २०७८ असोज १ गतेदेखि व्यापारिक उत्पादन सुरु गरि सकेको छ ।


क्लिकमान्डु