हिमालयन बैंकले २६% लाभांश दिने, यस्तो छ १० वर्षको इतिहास



काठमाडौं । हिमालयन बैंकले सेयरधनीलाई २६ प्रतिशत लाभांश दिने भएको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २१.३६ प्रतिशत बोनस सेयर र ४.६४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । यो ३ वर्षयताकै सबैभन्दा बढी लाभांश हो ।

सञ्चालक समितिको उक्त प्रस्ताव राष्ट् बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्रै सेयरधनीको खातामा उक्त लाभांश जान्छ ।

‘आज बसेको सञ्चालक समितको बैठकले सेयरधनीलाई २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ,’ हिमालयन बैंकका एक सञ्चालकले क्लिकमाण्डूसँग भने ।


बैंकले गत वर्ष बैंकले २ अर्ब १६ करोड वितरणयोग्य नाफा कमाएको थियो । त्यसैबाट लाभांश घोषणा गरेको हो । बैंकको चुक्ता पुँजी १० अर्ब ६४ करोड ४४ लाख रुपैयाँ छ । बैंकको रिजर्भ ६ अर्ब ५८ करोड ६५ लाख रुपैयाँ छ ।

यस्तो छ बैंकको लाभांशको इतिहास

आर्थिक वर्ष २०७६/७७ मा बैंकले १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांस दिएको थियो ।

त्यसैगरी, आर्थिक वर्ष २०७५/७६ मा १२ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर गरी कुल २२ प्रतिशत लाभांश दिएको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७४/७५ मा १०.७९ प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर गरी कुल १५.७९ प्रतिशत र आर्थिक वर्ष २०७३/७४ मा २५ प्रतिशत बोनस र १.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश दिएको थियो ।

इन्भेष्टमेन्ट बैंकभन्दा १० प्रतिशत बढी लाभांश

हिमालयन बैंकसँग मर्जरको प्रक्रियामा रहेको इन्भेष्टमेन्ट बैंकको सञ्चालक समितिले केही दिनअघि १६ प्रतिशत लाभांश घोषणा गरेको थियो । इन्भेष्टमेन्ट बैंकले ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो ।

इन्भेष्टमेन्ट बैंककोभन्दा हिमालयन बैंकले १० प्रतिशत बढी लाभांश घोषणा गरेको हो ।


क्लिकमान्डु