नबिल बैंकको ‘दशैं धमाका अफर’मा यस्ता छन् छुट र सुविधा



काठमाडौं । नेपालीहरुको महानचाड बडादशैंको उपलक्ष्यमा नबिल बैंकले ‘नबिल दशै धमाका अफर’ ल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गरे बापत क्यासब्याक पाउन सक्नेछन ।

नबिल बैंकको यो अफर बमोजिम ग्राहकहरुले बिग मार्टमा १० प्रतिशत छुट वा अधिकतम ३ सयसम्म क्यासब्याक पाउन सक्नेछन । यो अफर घटस्थापनाको दिन लागु हुने छ । त्यस्तै किरानामा १५ प्रतिशत छुट वा अधिकतम १५ सयसम्म क्यासब्याक पाउन सक्नेछन ।

किराना पसलमा यो अफर अक्टोबर ४ देखी अक्टोबर ११ सम्म लागु हुने छ । दराजमा भने हरेक शुक्रबार १० प्रतिशत छुट वा अधिकत ५०० सय रुपैयाँसम्म पाउन सक्नेछन् ।

यस अफर मार्फत नबिल बैंकले आ नो ग्राहकवर्गहरुमा दशैंको उपलक्ष्यमा नयाँ हर्ष ल्याउन खोजेको छ ।

यस अफरको लाभ लिनको लागि नबिल बैंकको डेबिट अथवा क्रेडिट कार्ड चाहिने हुनाले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलेर ग्राहक महानुभावहरुले डेबिट र क्रेडिट कार्ड मार्फत क्यासब्याकको अफर लिन ढुक्क हुन सक्नेछन् ।


क्लिकमान्डु