हिमालयन बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठले लिए सपथ



काठमाडौं । हिमालयन बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
नेपाल राष्ट्र बंैकका गभर्नर श्री महाप्रसाद अधिकारीले उनलाई सपथ खुवाएका हुन् ।

अध्यक्ष श्रेष्ठले सपथ ग्रहण पश्चात आजै बंैक अध्यक्षको पद बहाली गरेका छन् । उनलाई बंैकका संचालक समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृत अशोक राणालगायत बंैकका वरिष्ठ अधिकृतहरुले स्वागत गरेका छन् ।

श्रेष्ठलाई असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष चयन गरेको हो । श्रेष्ठ विगत १९ वर्षदेखि निरन्तर हिमालयन बैंक लिमिटेडको संचालक समितिका सदस्य थिए ।


क्लिकमान्डु