राजधानीमा बजाजको एक्सचेन्ज महामेला



काठमाडौं । बजाज मोटरसाइकलको एकमात्र अधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले बजार एक्सचेञ्ज महामेला अफर ल्याएको छ । कम्पनीले ‘फाइदा मोर, टेन्सन नो मोर’ शीर्षकका साथ ‘बजाज एक्सचेञ्ज महामेला’ अफरको ल्याएको हो ।

यो अफर असोज २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा लागू हुनेछ ।

अफर अन्तर्गत ग्राहकले कुनै पनि ब्राण्डको पुरानो बाइक लिएर आउन सक्नेछन् र नयाँ बजाज बाइक लिएर घर फर्कन सक्ने छन् । यसमा १८ भन्दाबढी भ्यालुएटर छन् र कुनै पनि मोटरसाइकलको प्रचलित बजार भ्यालुएसनभन्दा १० हजार रुपैयाँ थप गरिदिने कम्पनीको भनाइ छ ।

यसका अतिरिक्त, बजाज नेपालले ५० % डाउन पेमेन्ट मा ०% ब्याज, निःशुल्क एसेसरिज र निःशुल्क जाँच शिविर पनि प्रदान गरेको छ । एक भाग्यशाली विजेताले सामसङ एम सिरिज मोबाइल र लक्की डोर प्राइज जित्ने मौका पाउने छन् ।

ग्राहकहरुले बाइक किन्नु भन्दा पहिले १० हजार रुपैयाँसम्मको अग्रिम नगद प्राप्त गर्न सक्छन् । त्यसबाहेक, उपभोक्ताहरुले मोटरसाइकलको खरिदको दौरानमा १० हजार रुपैयाँसम्मको नगद मूल्य प्राप्त गर्न सक्छन् र बम्पर अफरमा भने कुनै पनि आधिकारिक डिलरबाट बजाज मोटरसाइकल किनिसके पछि १० लाख रुपैयाँको नगद पुरस्कार जित्न सक्नेछन् ।


क्लिकमान्डु