स्ट्यान्डर्ड चार्टर्ड बैंकले १३.०६% लाभांश दिने



काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले सेयरधनीलाई १३.०६ प्रतिशत लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १० प्रतिशत बोनस सेयर तथा ३.०६ प्रतिशत नगद लाभांश दिने भएको हो ।

सेयरधनीहरुले उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा साधारण सभाबाट पारित भएपनि पाउनेछन् ।


क्लिकमान्डु