सानिमा बैंक अब काठमाडौंको गोकर्णेश्वरमा पनि



काठमाडौं । सानिमा बैंकले काठमाडौंको गोकर्णेश्वरमा नयाँ शाखा बिस्तार गरेको छ । बैंकले असोज १९ गते उक्त स्थानमा नयाँ शाखा स्थापना गरेको हो ।

उक्त कार्यालयको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले गरे ।

मेयर चालिसेले गोकर्णेश्वरमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई दिए । साथै, बैंकका नायव प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १०९ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन् ।


क्लिकमान्डु