सेयर बजारमा हरियाली, नेप्से ४१.८२ अंकले बढ्दा ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट



काठमाडौं । लगातार घटिरहेको सेयर बजारमा मंगलबार हरियाली छाएको छ । नेप्से परिसूचक ४१.८२ अंकले बढेर २६१२.६४ अंकमा पुगेको छ ।

तर कारोबार रकममा भने उत्साह देखिएको छैन । यो दिन ५८ लाख ४२ हजार १३५ कित्ता सेयर जम्मा २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६८३ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन १९७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६ वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ । साथै, ९ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिन तीन वटा कम्पनी मल्टिप्रपोज फाइनान्स, समता घरेलु लघुवित्त र हिमालयन पावर पाटर्नर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै माइलुङ खोला जलविद्युत् कम्पनी, सिलिभ लघुवित्त वित्तीय संस्था, छ्याङदी हाइड्रोपावर, जनउत्थान सामूदाियक लघुवित्त, सिंगटी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा समेत उछाल देखिएको छ ।

उपसमूहतर्फ ट्रेडिङ इन्डेक्सबाहेक सबैमा हरियाली छाएको छ । सबैभन्दा बढी फाइनान्समा वृद्धि देखिएको छ ।


क्लिकमान्डु