खेती भेञ्चरको दशैं धमाका अफर



काठमाडौं । खेती भेञ्चरले दशैंको अवसरमा ‘दशैं धमाका’ अफर शुरु गरेको छ । उक्त अफर अन्तर्गत ‘महा दक्षिणा’ स्वरूप ‘खेती फुड’ र ‘खेती फार्म’मार्फत सामान खरिद गर्दा उपभोक्ताले विशेष छुट पाउने कम्पनीले जानकारी दिएको छ ।

साथे, खेती फार्मको मोबाइल एप र सामाजिक सञ्जालमार्फत् यो अफर रहुञ्जेल कृषकहरूले निःशुल्क परामर्श सेवा समेत लिन सक्नेछन् । असोज १ गतेदेखि शुरु भएको यो अफर असोज मसान्तसम्म जारी रहनेछ ।

चाडवाडमा आकाशिने खाद्यान्नको मूल्यलाई ध्यानमा राख्दै कम्पनीले विशेष छुट सहितको आकर्षक अफर समेत तयार परेको छ । नियमित छुटका साथै प्याकेजमा खरिद गर्दा नगद छुटका साथै विभिन्न उपहार प्राप्त गर्ने छन् ।

खेती फार्म प्रयोग गर्ने उपभोक्ताहरूले बिउबिजन, मलहरू तथा भर्टिकल मिनी टिलरमा १० हजार रुपैयाँसम्मको विशेष छुट प्रदान गर्नेछन् । दशैं धमाका अन्तर्गत खेतीबाट कुनै पनि समानको खरिदमा ५% देखि ५७% सम्मको छुट पाउनेछन् ।


क्लिकमान्डु