एनआइसी एशिया लघुवित्तले ५.२६% लाभांश दिने



काठमाडौं । एनआइसी एशिया लघुवित्तले सेयरधनीलाई ५.४१ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट हाल कायम रहेको १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ चुक्तापुँजीको ५.४१ प्रतिशत लाभांश दिने भएको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा साधारणसभाबाट पारित भएपछि सेयरधनीले उक्त लाभांश पाउनेछन् ।


क्लिकमान्डु