मेरो माइक्रोफाइनान्सले २१.०५% लाभांश दिने



काठमाडौं । मेरो माइक्रोफाइनान्सले सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले २० प्रतिशत बोनस सेयर तथा १.०५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत तथा साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु