लोअर इर्खुवा हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल



काठमाडौं । लोअर इर्खुवा हाइड्रोपावर लिमिटेड आइपीओ जारी गर्ने भएको छ । कम्पनी जारी पूँजीमध्ये १० प्रतिशत अर्थात ७ लाख कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानीय बासिन्दालाई र २० प्रतिशत अर्थात् १४ लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो ।

कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

सो सम्बन्धी सम्झौतापत्रमा लोअर इर्खुवा हाइड्रोपावरको तर्फबाट प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदी र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

हाल कम्पनीको अधिकृत पूँजी ९० करोड रुपैयाँ, जारी पूँजी ७० करोड रुपैयाँ र चुक्ता पूँजी ४९ करोड रुपैयाँ छ । आइपीओ जारी गरेपपछि कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँको हुनेछ ।

भोजपुर जिल्लाको षडानन्द नगरपालिका र साल्पा सिलिचों गाउँपालिकामा १३ मेगावाट क्षमता भएको लोअर ईर्खुवा जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न गरी व्यापारिक विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ ।


क्लिकमान्डु