आइएमई पे र मिस युनिभर्स नेपाल २०२१ बी सम्झाैता



काठमाडाैं । आइएमई पे मिस र युनिभर्स नेपाल २०२१ को प्रतियोगिताका लागि साझेदारी घोषणा गरिएको छ । जनताको छनौटको माध्यमबाट प्रतियोगिताको लोकतान्त्रिकरणलाई सक्षम पार्दै आईएमई पे मुनु२१ का लागि डिजिटल भुक्तानी साझेदार बनेको हो ।

मिस युनिभर्स संगठनको नेपालस्थित आधिकारिक संस्था मिस युनिभर्स नेपाल मुनले २०२१ को लागि मिस युनिभर्स प्रतियोगिता सेप्टेम्बर २३ बाट शुरु गरिसकेको छ । यसवर्षको छोटो कार्यक्रमको फाइनल अक्टुबर ३० मा सम्पन्न हुँदैछ भने अक्टुबर १० मा क्वार्टरफाइनल पूरा हुने प्रबन्ध रहेकाले यसबेला शीर्ष ५० प्रतियोगीहरु ताजका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

आइएमई पे मिस युनिभर्स नेपाल २०२१ को डिजिटल भुक्तानी साझेदार रहने छ । जसअन्तर्गत मिस युनिभर्स नेपाल २०२१ को सम्पूर्ण भोटिङ गतिविधि आइएमई पेको डिजिटल वालेट एपमार्फत् हुनेछ ।


क्लिकमान्डु