भ्वाइस र डाटा सम्बन्धी नेपाल टेलिकमको दशैं तिहार अफर सार्वजनिक



काठमाडौं । नेपाल टेलिकमले दशैं र तिहारलाई लक्षित गरी डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको पर्व अफर सार्वजनिक गरेको छ । उक्त अफरहरू असोज १९ गतेदेखि कात्तिक २ गतेसम्म उपलब्ध हुनेछ टेलिकमको भनाइ छ ।

साथै, तिहार, न्हुँदया र छठका अवसरमा यी अफरहरु कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध हुने कम्पनीको भनाइ छ ।

टेलिकमले डाटा प्याकअन्तर्गत २९४ रुपैयाँमा २० जीबी डाटा १० दिनभित्र, ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस गतिको अनलिमिटेड प्याक ६९ रुपैयाँमा उपलब्ध हुनेछ ।

भ्वाइस सेवा अन्तर्गत २५ रुपैयाँमा १ दिन (२४ घण्टा) प्रयोग गर्न सकिने ४५ मिनेटको प्याक, ४० रुपैयाँमा ३ दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र ५०० रुपैयाँमा ३५ दिनसम्म प्रयोग गर्न सकिने १ हजार ३ सय मिनेटको प्याक उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत् रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने छ । जसमा २०० देखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र ५०० रुपैयाँभन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १ हजार २४ एमबी डाटा प्याक उपलब्ध हुनेछ ।

उक्त प्याकेजहरु प्राप्त गर्नका लागि ग्राहकले ८ज्ञद्धज्ञछ३ डायल गर्नुपर्दछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट धधध।लतअ।लभत।लउ मार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।


क्लिकमान्डु