मुख्य १० भन्सारमा सीमित भयो निर्यात



काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिनाको अवधिमा नेपालबाट ४४ अर्ब बराबरको वस्तु तथा सेवा निर्यात भएको छ । नेपालबाट पहिलो दुई महिनै उल्लेख्य रुपमा वस्तु तथा सेवा निर्यात हुँदा देशका विभिन्न १० भन्सारमै सीमित भएको देखिन्छ ।

देशमा आयात निर्यातको लागि २४ वटा भन्सार नाका रहेको छ । उक्त नाकामध्ये अहिले १२ वटा नाकाबाट मात्रै वस्तु निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

नेपालभर विभिन्न स्थानमा २४ वटा भन्सार नाका छन् । उक्त नाकाबाट नेपालमा उल्लेख्य रुपमा वस्तु तथा सेवा आयात भएपनि ५० प्रतिशत भन्सार नाकाबाट निर्यात शून्य अवस्थामा रहेको छ ।

विभागको तथ्याङ्कअनुसार नेपालले चालु आवको पहिलो दुई महिनामा सबैभन्दा बढी वीरगञ्ज भन्सारबाट निर्यात गरेको छ । आयात र निर्यातमा सबैभन्दा ठूलो योगदान रहेको सो भन्सारबाट भदौ मसान्तसम्ममा १ खर्ब ६ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गर्दा २१ अर्ब ४७ करोड १६ लाख रुपैयाँको मात्रै निर्यात भएको छ ।

त्यसैगरी, वीरगञ्जपश्चात विराटनगरबाट ३८ अर्ब २० करोड १३ लाखका आयात गर्दा ११ अर्ब ९६ करोड २९ लाख रुपैयाँको निर्यात गरेको छ । त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ अर्ब ८६ करोड ४४ लाख, मेची भन्सारबाट २ अर्ब २ करोड ८५ लाख रुपैयाँ, भैरहवाबाट १ अर्ब ५२ करोड रुपैयाँ, ड्राईपोर्टबाट ६० करोड ६९ लाख रुपैयाँ, नेपालगञ्जबाट २९ करोड ७७ लाख रुपैयाँ, कैलालीबाट १९ करोड ९९ लाख रुपैयाँ, कृष्णनगरबाट ४ करोड १० लाख र सुठाउलीबाट ३ करोड ६२ लाख रुपैयाँकाु निर्यात भएको छ ।

साथै, कन्चनपुरबाट भने ९० लाखको र जलेश्वरबाट ७ लाखको निर्यात भएको तथ्याङ्कले दखाउँछ । जुन निर्यातित भएको वस्तु तथा सेवा नगन्य जस्तै रहेको छ ।

त्यस्तै अन्य भन्सार भद्रपुर, गौर, जनकपुर, मेहश्वपुर, राजविराज, रसुवा, सर्लाही, सती, सिराहा, सुनसरी, तातोपानी र ठाडी भन्सारबाट कुनै पनि वस्तु तथा सेवा निर्यात भएको छैन ।


क्लिकमान्डु