आशा लघुवित्तले सेयरधनीलाई २६.३१% लाभाशं दिने



काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २६.३१ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट चुक्तापुँजीको २५ प्रतिशत बोसन सेयर तथा १.३१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । लभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु