प्रभु क्यापिटलको दशैं अफरः १ रुपैयाँमै डिम्याट खाता, सेयर तालिम निःशुल्क




काठमाडौं । प्रभु क्यापिटलले दशैं तिहार र छठ पर्वको अवसरमा डबल अफर धमाका नामक विशेष अफर सञ्चालनमा ल्याएको छ । यो योजनामा १ रुपैयाँमा डिम्याट खाता खोल्न सकिनेछ भने शेयर बजार सम्बन्धी निःशुल्क तालिम पनि प्राप्त गर्न सकिने छ ।

प्रभु क्यापिटलमा दैनिक डिम्याट खाता खोल्नेमध्ये भाग्यमानी १० जना ग्राहकहरुलाई यो योजना अन्तरगत छनौट गरिनेछ । यसरी छनौट भएका भाग्यमानी ग्राहकहरुलाई खाता खोलीसके पछि १ सय ९९ रुपैयाँमा २५ प्रतिशत टिडिएस कट्टी गरी बाँकी रकम ग्राहकको वालेटमा फिर्ता गरिनेछ ।

त्यसैगरी, दैनिक छनौट हुनुभएका १० जना भाग्यमानी ग्राहकहरुलाई हामीले प्रत्येक साता शनिबारको दिन पारेर साताभरीबाट छनौट हुनुभएको ७० जना ग्राहकहरुलाई शेयर बजारसम्बन्धी आधारभुत तालिम प्रदान गर्नेछौं । जसमा नेपालको शेयर बजारसम्बन्धी महत्वपूर्ण जानकारी सहित बेसिक फण्डामेन्ट तथा टेक्निकल विश्लेषण, सेकेण्डरी बजारमा कारोबार गर्दा ध्यान दिनुपर्ने विषय सम्बन्धी विषयवस्तुहरु रहनेछन । यस्तो तालिम २ घण्टा देखि ३ घण्टाको हुनेछ ।

यो योजनामा नयाँ डिम्याट खाता खोल्न चाहने ग्राहकले भौतिक फारम भरेर तथा प्रभु क्यापिटलको वेवसाइटबाट अनलाइनमाध्यमबाट डिम्याट खाताको लागि आवेदन दिपर्नेछ । रकम फिर्ता लिनको लागि ग्राहकले इसेवा, प्रभु पे, आइएमई पे लगायत स्वीकृत प्राप्त कुनै पनि वालेट प्रदान गर्नुपर्नेछ ।

यो योजनाको अवधि असोज १८ गते देखि कार्तिक २५ गते सम्म हुनेछ । यो योजनाको अन्त्यमा योजना अवधिभरी खुलेका सबै डिम्याटहरु मध्येबाट भाग्यमानी २० जनालाई प्रभु क्यापिटलले प्रदान गर्ने पिएमएसको कुनै पनि योजनामा वार्षिक शुल्क निःशुल्क रहनेछ ।

दैनिक विजेताहरुको सूची १ दिन पछि प्रभु क्यापिटलको फेसबुक पेज तथा भाइबर कम्युनिटीमार्फत् सार्वजनिक गरिनेछ ।


क्लिकमान्डु