सनराइज बैंकको १४औं वार्षिक उत्सवमा रक्तदान कार्यक्रम



काठमाडौं । सनराइज बैंकले १४औं वार्षिक उत्सवको अवसरमा विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

सहयात्रा जीवन सुरक्षाका लागि भन्ने नाराका साथ असोज १५ गते बैंकले ७वटै प्रदेशमा रक्तदान कार्यक्रम गरेको हो ।

बैंकले आयोजना गरेको सो कार्यक्रममा २५५ जनाले रक्तदान गरेका छन् । आउँदै गरेको महान चाड दशैंमा मानिसहरु किनमेल, भ्रमणआदिमा व्यस्त रहने र उक्त समयमा हुन सक्ने रगत अभावलाई परिपूर्ति गर्न यस रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकको भनाइ छ ।


क्लिकमान्डु