सेप्टेम्बर महिनामा भित्रिए करिब १० हजार विदेशी पर्यटक, भारतीय र अमेरिकन धेरै



काठमाडौं । सेप्टेम्बर महिनामा नेपालमा करिब १० हजार पर्यटक भित्रिएका छन् । नेपाल पर्यटक बोर्डले सार्वजनिक गरेको तथ्यांकमा उक्त महिनामा मात्रै ९ हजार ८९८ जना विदेशी पर्यटक नेपाल आएका हुन् ।

बोर्डका अनुसार सबैभन्दा बढी भारत र अमेरिकाबाट नेपाल आएका छन् । कुल पर्यटकमध्ये भारतबाट ३५.५९ प्रतिशत अर्थात् ३५२३ जना र अमेरिकाबाट १८.८३ प्रतिशत अर्थात् १८६४ जना पर्यटन नेपाल आएका छन् ।

त्यसैगरी बेलायतबाट ४.५३ प्रतिशत अर्थात् ४३८ जना पर्यटक नेपाल आएका छन् ।

सरकारले विदेशी पर्यटकलाई सर्तसहित अनअराभल भिसा जारी गर्ने निर्णय गरेसँगै पर्यटक व्यवसायीहरु उत्साही भएका छन् । अब आगामी दिनमा नेपालमा विदेशी पर्यटक आगमनको संख्या बढ्ने उनीहरुको अपेक्षा छ ।


क्लिकमान्डु