आइतबार पनि रोकिएन गिरावट, नेप्से ५५.९३ अंकले घट्दा ४ अर्बमा सीमित भयो कारोबार रकम



काठमाडौं । लगातार घटिरहेको सेयर बजारमा गिरावटको निरन्तरता आइतबार पनि कायमै देखिएको छ । आइतबार नेप्से परिसूचक ५५.९३ अंकले घटेर २५७७.५० अंकमा सीमित भएको छ ।

यो दिन ८९ लाख ४८ हजार ९३७ कित्ता सेयर ४ अर्ब ११ करोड ३८ लाख १४ हजार २४५ रुपैयाँमा कारोबार भएको छ । जसमा १७ वटा कम्पनीको मात्रै सेयर मूल्य बढ्दा २०६ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ७ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

उपसमूहतर्फ फाइनान्स, जलविद्युत् र होटल तथा पर्यटन समूहमा सबैभन्दा धेरै गिरावट देखिएको छ ।

यद्यपि यो दिनको कारोबारमा माइलुङ खोला जलविद्युत् कम्पनीको सेयरमा ९.९७ प्रतिशतको वृद्धि देखिएको छ भने स्वाभिमान लघुवित्तको सेयर मूल्य पनि बढेको छ । त्यसैगरी गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, राइराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, माउन्टेन हाइड्रो नेपाल, छ्याङदी हाइड्रोपावर लगायतका कम्पनीको सेयर मूल्य घटेको छ ।


क्लिकमान्डु