साल्ट ट्रेडिङले २५ प्रतिशत लाभांश दिने



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको छ ।

सञ्चालक समितिले कात्तिक १६ गर्ने वार्षिक साधारणसभा गर्ने भएको छ । असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले कात्तिक २ गतेदेखि १६ गतेसम्म सेयर दाखिला खारेज बन्द गर्ने समेत निर्णय गरेको छ ।

सञ्चालक समितिको प्रस्ताव अनुसार ५ प्रतिशतका दरले नगद लाभांश ९६ लाख १ हजार २३० रुपैयाँ वितरण गर्नेछ भने विशेष प्रस्ताव अन्तर्गत चुक्तापुँजीको २० प्रतिशतले हुने आउने ३ करोड ८४ लाख ४ हजार ९२० रुपैयाँ बराबरको बोनस सेयर जारी गर्नेछ । बोसन सेयर तथा नगद लाभांशको करकट्टी लाभांशबाट कट्टी गरी भुक्तानी गर्ने समेत जनाएको छ ।


क्लिकमान्डु