आइफोन १३ खरिद गर्न कति घण्टा काम गर्नुपर्ला ? यसो भन्छ अध्ययन



एजेन्सी । एप्पलले सार्वजनिक गर्न लागेको नयाँ सिरिजको आइफोन खरिदका लागि के कति दिन काम गर्नुपर्ला ? यसबारेमा गरिएको एउटा अध्ययन सार्वजनिक गरिएको छ ।

नेपालमा मध्यमवर्गका लागि निकै महंगो मानिने आइफोन एक महिनाको पारिश्रमिकले खरिद गर्न पनि पुग्दैन । भारतको हकमा त्यहाँका नागरिकले भने कम्तीमा ७०० घण्टा काम गर्नुपर्नेछ । आइफोन १३ खरिदका लागि स्वीटजरल्याण्डका नागरिकले मात्रै ३४ घण्टा काम गरे पुग्ने देखिएको छ ।

भारतलगायत दक्षिण एशियाका नागरिकको औसत आय अन्य देशहरुको तुलनामा असाध्यै कम भएकाले पनि आइफोन १३ खरिदका लागि धेरै समय काम गर्नुपर्ने देखिएको छ ।

स्पेशल अपरेटिङ सिस्टम तथा प्रयोगकर्तालाई सम्मोहित बनाउने भएकाले संसारभर नै आइफोनको माग संसारभर नै उच्च रहेको छ । कयौं मासिनलाई यो फोनले आकर्षित गर्न सक्छ ।

दोस्रो ब्राण्डको तुलनामा एप्पलको सबै सिरिज असाध्यै महंगो पनि रहेको छ । सोही कारण कम आइ भएका देशका नागरिकलाई यो फोन स्ट्याटस सिम्बोल पनि बनेको छ । नयाँ सिरिज सार्वजनिक हुने खबर सार्वजनिक हुनासाथ सो फोन खरिदका लागि होडबाजी समेत शुरु भइसकेको छ ।

हाल आइफोन १३ को क्रेज बच्चादेखि वृद्ध वृद्धासम्म पनि देखिएको छ । एक शोधअनुसार नेपाल भारत जस्ता देशका नागरिकलाई यो सपना पूरा गर्नका लागि पनि असाध्यै ठूलो मेहनत गर्नुपर्ने र बढी काम गर्नुपर्ने देखिएको छ ।

मनी सुपरमार्केटले संसारका विभिन्न ३८ देशमा यस बारेमा अध्ययन गरेको थियो । आइफोन १३ खरिद गर्नका लागि कति समय वा कति घण्टा काम गर्नुपर्छ भन्ने बारेमा अध्ययन गरिएको थियो ।

शोधका अनुसार आइफोन १३ खरिद गर्नका लागि अन्य देशको तुलनामा भारतीय नागरिकले ७२४ घण्टा काम गर्नुपर्ने आवश्यकता देखिएको छ । जबकी स्वीटजरल्याण्डका नागरिकले सो फोन खरिद गर्नका लागि मात्रै ३४.३ घण्टा मात्रै काम गरेपनि हुने देखिएको छ । हैरान बनाउने विषय यो छ कि आइफोनको जन्मदाता देश अमेरिका पनि फोन खरिद गर्ने हैसियतको सूचीमा तेस्रो नम्बरमा रहेको छ ।

खासगरी आइफोनको मूल्य हरेक देशमा फरक फरक हुने गरेको छ । जसमा ती देशको कर तथा भन्सार दर के कति रहन्छ भन्ने कुराले निर्धारण गर्दछ । यस्तै, मुद्राको खरिद दरका कारण पर्ने प्रभाव पनि त्यसमा जोडिन्छ ।

मनी सुपरमार्केटका अनुसार सबै देशमा औसत प्रतिव्यक्ति आय, ८ घण्टा दैनिक गरिने कामका आधारमा ‘आवर वल्र्ड इन डेटा’लाई लिइएको छ । नुम्बेओको विवरणअनुसार भारतका नागरिकको प्रतिव्यक्ति मासिक आय ४४९.५८ अमेरिकी डलर रहेको छ ।

भारतीय नागरिकले आइफोन मिनी १३ खरिद गर्न ७९ दिन काम गर्नुपर्छ भने घण्टाका हिसाब गर्दा ६३३ घण्टा काम गर्नुपर्छ । आइफोन १३ का लागि ७२४ घण्टा अर्थात् ९० दिन काम गर्नुपर्छ । आइफोन १३ प्रो खरिद गर्न १०८६ घण्टा अर्थात् १३५ दिन काम गर्नुपर्छ । त्यस्तै आइफोन प्रो म्याक्स खरिद गर्नका लागि ११७७ घण्टा अर्थात् १४७ दिन काम गर्नुपर्छ ।

यसैगरी टर्कीमा ६३९ घण्टा, रुसमा ४२८ घण्टा, म्याक्सिकोमा ४१७ घण्टा, ब्राजीलमा ६९० घण्टा, फिलिपिन्समा ७७५ घण्टा काम गरेपछि मात्रै आइफोन १३ का विभिन्न सिरज खरिद गर्न सक्छन् ।

स्वीटरजल्याण्डमा ३४.३ घण्टा, लम्जमवर्गमा ४० घण्टा, अमेरिकामा ४९.५ घण्टा, सिंगापुरमा ५४.८ घण्टा, नर्वेमा ५९.६ घण्टा र अष्ट्रेलियामा ५९.९ घण्टा काम गरेर मात्रै आइफोन १३ का विभिन्न सिररिज खरिद गर्न सक्छन् ।


क्लिकमान्डु