भन्सार छुटको व्यवस्थाले छड प्रतिकेजी ४ रुपैयाँले सस्तोः संघ



काठमाडौं । नेपाल फलामे छड उत्पादन संघले सरकारले स्पञ्ज आइरनमा भएको भन्सार छुट तथा स्थानीय फलामे उत्पादनमा अन्तःशुल्क नलाग्ने गरी बजेटमा गरेको व्यवस्थाको स्वागत गरेको छ । सरकारले गत भदौ २५ गते ल्याएको बजेट प्रतिस्थापनक विधेयकमा उक्त व्यवस्था गरिएको थियो ।

संघले यो व्यवस्थाबाट नेपालमा उत्पादित फलामे छडको लागत प्रतिकेजी ४ रुपैयाँले घट्ने जानकारी दिएको छ ।

बजेटपछिका तीन हप्तामा अन्तर्राष्ट्रिय बजारमा फलामे छडको कच्चा पदार्थ विलेट तथा विलेटको कच्चा पदार्थ स्पञ्ज आइरनमा १२% भन्दा बढीले मूल्यवृद्धि भएको र सोबाट फलामे छड उत्पादनमा बढ्न जाने लागतमा नेपाल सरकारको बजेटका कारण घट्न गएको लागत मूल्य प्रतिकेजी ४ रुपैयाँले घटाई फलामे छड बिक्रि वितरण हुने समेत जानकारी दिएको छ ।,


क्लिकमान्डु