ब्लाक्क प्लस डेक्करको ‘दशैं तिहार लक्की स्क्रयाच’ योजना सार्वजनिक



काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड ब्लाक्क प्लस डेक्करले नजिकिरहेको नेपालीहरुको चाड दशैं र तिहारलाई लक्षित गर्दै ‘दशैं तिहार लक्की स्क्रयाच’ नामक योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकले ब्लाक्क प्लस डेक्कर ब्रान्डका कुनै पनि सामानको खरिदमा एउटा स्क्रयाच कार्ड पाउनेछन् । जसबाट १ लाख रुपैयाँसम्मको हात खाली नजाने क्यास प्राइज तत्काल प्राप्त गर्न सकिनेछ । साथै, लक्की ड्र अन्तर्गत मासिक उपहारहरु र बम्पर उपहार पनि जित्न सकिने कम्पनीले जनाएको छ ।

लक्की ड्र अन्तर्गत मासिक उपहारहरुमा २ लक्की बिजेताले ब्लाक्क प्लस डेक्करको ओएफआर ओएल हिटर र ओटीजी ओवन जित्न सक्नेछ भने अन्तिममा बम्पर उपहारमा १ भाग्यशाली ग्राहकले एलजीको ९ केजी फ्रन्ट लोड वाशिङ मेसिन जित्न सक्नेछन् ।

लक्की ड्रमा सहभागी हुनका लागि ग्राहकले सामान खरिद गरेको बेला वारेन्टी कार्डमा आफ्नो पूर्ण विवरण भरीे बिक्रेतालाई बुझाउनु पर्नेछ ।

कम्पनीले यो योजना असोज १५ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको कम्पनीको भनाइ छ । ब्लाक्क प्लस डेक्कर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इओएल छ ।


क्लिकमान्डु